१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेसँगको तालमेलले राप्रपामा बढ्यो असन्तुष्टि

निर्णय सच्याउन माग गर्दै २४ नेताले बुझाए लिङ्देनलाई सचेतना पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २३:२७:oo

एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ । पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन् । 

‘यही ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा हाम्रो पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट पार्टीलाई दूरगामी एवम् गम्भीर क्षति पुग्ने ठहर गरेका छौँ । अतः उक्त निर्णयलाई तत्काल सच्याउन ध्यानाकर्षण गर्दछौँ,’ सचेतना पत्रमा भनिएको छ ।    

उनीहरूले १६५ निर्वाचन क्षेत्रमध्ये केवल तीन स्थानको लागि मात्र जनताबाट विश्वास गुमाएको र आफ्नो पार्टी र नेतृत्वले अ–पवित्र घोषणा गरेको दल एमालेसँग चुनावी तालमेलको सम्झौता गर्नु सर्वधा अनुचित रहेको उल्लेख गरेका छन् । 
‘...यो विवेकहीन, पक्षपाति र अन्यायपूर्ण निर्णयलाई सच्याउन हाम्रो आग्रह छ । अन्यथा, यसबाट पार्टीमा पर्ने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं अध्यक्ष हुुनुपर्नेछ,’ सचतना पत्रमार्फत उनीहरूले अध्यक्ष लिङ्देनलाई चेतावनी दिएका छन् । 

सचेतना पत्र बुझाउनेमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य अर्जुन राई, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, १६ केन्द्रीय सदस्य र ६ पूर्वकेन्द्रीय सदस्य छन् । 

 

 

 

ad
ad