१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्कृष्ट काम गर्ने जुम्लाका प्रहरी कर्मचारी पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५६:oo

प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने जुम्लाका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले ६७औँ प्रहरी दिवसको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो।

प्रहरी चौकी नराकोटमा कार्यरत प्रहरी नायव निरीक्षक गोविन्द बोहरा, जिल्ला ट्राफिक कार्यालय जुम्लामा कार्यरत प्रहरी नायब निरीक्षक कमल खड्का र जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक निरीक्षक चेतनप्रकाश रावललाई पुरस्कृत गरिएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

यस्तै, कर्णाली प्रदेश विपत् व्यवस्थापन गुल्म जुम्लामा कार्यरत प्रहरी हवल्दार खिमबहादुर गुरुङ र प्रहरी जवान प्रशान्त थारू, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार जानकी सुनार, प्रहरी जवानहरू रमेशकुमार सुवेदी, दानबहादुर महत, रवीन्द्र कोइराला र अमर खत्री तथा गोठीज्यूला प्रहरी चौकीमा कार्यरत चन्द्रबहादुर रावत पनि पुरस्कृत भएका छन्।

अमर प्रहरीका तर्फबाट बास्मती भण्डारीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र चन्दले प्रहरी दिवसबाट थप उत्साहित र कर्तव्यनिष्ट बनाएको बताए। कार्यक्रमका प्रमुख अतिथि जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले शान्ति सुरक्षामा अहोरात्र खटिन निर्देशन दिए।

ad
ad