मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Monday, 14 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७९ असोज २८ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई जसपाको काउन्टर : मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १४:४२:oo

संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीलाई हटाएपछि त्यसलाई काउन्टर दिन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री राउतले बिहीबार साँझ नै नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवलाई फोन गरेर राजीनामा दिन आग्रह गरेका थिए। तर, शुक्रबार १२ बजेसम्म पनि कांग्रेसका मन्त्रीहरूको राजीनामा नआएपछि मुख्यमन्त्री राउतले उनीहरूलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए।

प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव, महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा रहेका थिए।

मुख्यमन्त्री राउतले सत्तारूढ गठबन्धनको कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरे पनि माओवादी केन्द्र र  एकीकृत समाजवादीका मन्त्रीलाई बर्खास्त गरेका छैनन्।  न उनीहरूसँग अहिलेसम्म राजीनामा नै मागेका छन्।