१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस साओ पाओलो
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

Read Time : < 1 मिनेट
रासस, साओ पाओलो
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

ब्राजिलमा कोभिड– १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ। जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो।

सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड– १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमा चार हजार पाँच सयजनाको ज्यान गएको पाइएको हो। पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआई)ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खट्रिएका अन्य स्वास्थ्यकर्मीमध्ये चार हजार पाँच सयको ज्यान गएको पाइएको हो।

सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ सम्ममा गरेर ती स्वास्थ्यकर्मीको ज्यान गएको हो। यो समय ब्राजिलमा कोभिड– १९ को एक उच्च तहमा महामारी पुगेको समय हो। यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन्। उनीहरू ब्राजिलमा कोभिड– १९ महामारी उच्च बिन्दु पुगेका वेला कार्यरत रहेका थिए।

कोभिड– १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसको निधन भएको देश हो ब्राजिल। यहाँ ६ लाख ८७ हजारभन्दा बढीको ज्यान गएको छ। कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन्। तर, कोभिडबाट भएको मृत्युदर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ।

पिएसआईले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ। यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्था पनि जम्मा पारेको बताएको छ।