Skip This
मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:४९:oo

निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण र नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिता, २०७९ अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको दिनदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणामका सम्बन्धमा कुनै सर्वेक्षण गर्न र त्यसको परिणाम घोषणा वा प्रकाशन गर्न पाइँदैन।

‘आचारसंहिताको दफा ४ को (थ)मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

आचारसंहिताविपरीत यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने आयोगले चेतावनीसमेत दिएको छ।

 

ad
ad