१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:५८:oo

नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘आठ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनका लागि बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकलाई नियुक्त गरेको छ । ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे । 

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि आठ वर्षको रहने बताइएको छ । ३० लाख कित्ताले हुन आउने तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ । 

यो ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । त्यस्तै, १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न लागिएको बताइएको छ । 

साथै, सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जनाएको छ ।

ad
ad