१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अदिती बुढाथोकी अभिनेत्री
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo

मेरो घुमफिर

मनाङ जाने धेरै रहर छ । त्यहाँका दृश्य भिडियोमा हेर्दा कतिवेला त्यहाँ पुग्न पाइन्छ भन्ने मात्रै लाग्छ । चाँडै नै जान्छु होला । म प्रकृतिप्रेमी हुँ । मनाङ–मुस्ताङ प्रकृतिले भरिपूर्ण ठाउँ हुन् । त्यहाँको रहनसहन र जीवनशैली पनि लोभलाग्दो छ । 

नेपालमा पुगेका ठाउँमध्ये पोखरा असाध्यै मन पर्छ । अहिलेको मौसममा पोखरा अझै खुलेको देखिन्छ । लेकसाइडमा सपिङ गर्न पनि रमाइलै हुन्छ । मलाई घुम्दा मानिसहरूको रहनसहन नियाल्न र सपिङ गर्न रमाइलो लाग्छ । 

थाइल्यान्ड, भियतनाम, बेलायत, इन्डोनेसिया, युरोप, सिंगापुर, मलेसियालगायत देश घुमिसकेकी छु । अमेरिका अहिलेसम्म पुगेकी छैन । मलाई त्यहाँ घुम्न मन छ । भ्रमणले धेरै कुरा सिकाउँछ । यात्राका क्रममा भेटिने हरेक मानिसबाट केही न केही सिकिन्छ । जीवन नै अनुभव र ज्ञान हो भन्ने मलाई लाग्छ । भ्रमणले तपाईंको आत्मविश्वास पनि बढाउँछ । तपाईंलाई फ्रेस राख्छ । 

ad
ad