मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Friday, 14 August, 2026
करन ताम्राकार डडेल्धुरा
२o७९ असोज २४ सोमबार १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

Read Time : < 1 मिनेट
करन ताम्राकार डडेल्धुरा
नयाँ पत्रिका डडेल्धुरा
२o७९ असोज २४ सोमबार १७:३५:oo

डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ।

नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरकफरक फेला परेको भन्दै उनका प्रत्यासी कर्ण मल्लले उजुरी गरेका हुन्। नागरिकतामा २००३ जेठ ३१ गते उल्लेख रहेको जन्ममिति मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएपछि मल्लले उजुरी दिएका हुन्।

मल्ल अघिल्लोपटक कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए। अहिले उनी बिपी कांग्रेसबाट देउवाविरुद्ध चुनावी मैदानमा छन्।