१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी प्रधानमन्त्रीका लागि मेरो अन्तिम उम्मेदवारी : शशांक कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले आफू भावी प्रधानमन्त्री बन्नकै लागि चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले यो आफ्नो लागि अन्तिम चुनाव भएको स्पष्ट पारेका छन्।

डा. कोइराला यसअघि लगातार नवलपुर १ बाट निर्वाचित हुँदै आएका छन्। निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनयन दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यसपटकको निर्वाचनमा विजय भएर प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

'यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्। यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि बढ्नेछु। पार्टीभित्र पनि मैले सोहीअनुसार कुराकानी गरेको छु,' उनले भने।

डा. कोइराला अहिले चौथोपटक चुनावी मैदानमा छन्। यो निर्वाचन आफ्नो लागि अन्तिम भएको पनि उनले बताएका छन्।