१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापालाई टिकट दिएको विरोधमा एमाले पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपाललाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा एमालेको जिल्ला पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी भएको छ।

एमाले जिल्ला इन्चार्ज रामेश्वर राना पक्षका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। राना एमालेबाट मकवानपुर– १ मा टिकटका दाबेदार थिए। शुक्रबार साँझ नै उनलाई मकवानपुर १ मा उम्मेदवार बनाउने निर्णयसमेत भइसकेको थियो। तर, शनिबार साँझ क्षेत्रीय कमिटीको सिफारिसविपरीत पार्टी अध्यक्ष केपी ओलीले कमल थापालाई समर्थन गर्ने निर्णय गरेका थिए।

टिकट ल्याएका थापा एमाले जिल्ला पार्टी कार्यालय आउने तयारी गरिरहेको वेला एमालेका असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तालाबन्दीका विषयमा प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले नेतृत्वले गरेको गलत निर्णयको विरोधमा कार्यकर्ता उत्रिएको बताए। यद्यपि, नेतृत्वको निर्णयविरुद्ध जान भने नसकिने उनको तर्क छ।