
सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी युनुस अन्सारी कारागार चलान भएका छन्। धरौटी रकम नबुझाउँदा अन्सारी कारागार चलान भएका हुन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले उनीसँग १५ लाख धरौटी मागेको थियो।
यसअघि नक्कली नोट तथा लागुऔषध कारोबारको अभियोगमा पटकपटक पक्राउ परी जेल सजाय पाएर छुटेका अन्सारीविरुद्ध सिआइबीले नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो। जसमा दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए।