Skip This
बाढी, पहिरो र डुबानमा परेकालाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २१ शुक्रबार २१:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढी, पहिरो र डुबानमा परेकालाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार २१:२५:oo

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् । 

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक विदुर खड्कालाई टेलिफोन गर्दै सरकारको मुख्य दायित्व नागरिकको जिउधनको रक्षा गर्नु रहेको जनाउँदै विपतमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । 

गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई हेलिकोप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेको र मौसमका कारण घटनास्थलसम्म पुग्न नसकेको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् । 

त्यस्तै, मुलुकभर निरन्तरको वर्षपछि आएको बाढी, पहिरो र डुबानपीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुनका अनुसार लमहीमा डुबानमा परेका सातजनाको उद्धार भइसकेको छ ।

अहिलेसम्म लमही नगरपालिकामा सात घर, राजपुर गाउँपालिकामा दुई सय ११ घर, गढवा गाउँपालिकामा पाँच सय ८५ घर, राप्ती गाउँपालिकामा दुई सय ५० घर डुबानमा परेका छन् । हालसम्म मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै, कालाकाटे, धानखोला र मुसोटखोलामा सडक अवरुद्धसमेत भएकाे जानकारी दिइएको छ ।