१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ ५ शनिबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विनयी–त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:o७:oo

पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका– १ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नम्बर १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।  अहिले पनि डुबान क्षेत्रका मानिस आफ्नै घरमा रहेका र उनीहरूलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए ।

‘पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय  डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,’ उनले भने ।  मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ  । ‘मानिस बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति वेला घट्छ भन्नेमा छौँ,’ अध्यक्ष गिरीले गरे । 

लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने वेलाको दुई सय हेक्टर धान बालीसमेत पूर्ण रूपमा क्षति भएको जनाइएको छ । उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रूपमा नष्ट भएको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदीतटीय क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । विहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए ।

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका– २ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यबिन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । डुबानमा परेकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

ad
ad