मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Monday, 14 July, 2025
२o७९ असोज २० बिहीबार १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सतर्कता अपनाउन अनुरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार १४:४७:oo

हिमाली जिल्ला मनाङमा वर्षासँगै हिउँ परेको  छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहानबाट हिउँ पर्न थालेको हो। 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही क्षेत्रमा हिउँ परेको स्थानीयले बताएका छन्। 

मनाङको माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ। 

हिमपातका कारण माथिल्लो क्षेत्रमा  विद्युत् र  इन्टरनेट समेत प्रभावित छ। मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीय पाल्साङ गुरुङले बताए। मनाङमा गत वर्ष मंसिर १६ गते पहिलो पटक हिउँ परेको थियो।

 

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी वर्षासँगै माथिल्लो क्षेत्रमा हिमपात भएको छ। 

नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायतको उच्च भूभागमा हिमपात भएको हो। निरन्तर वर्षासँगै हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। 

हाल पर्यटकीय सिजन भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई समेत सचेत रहन मनाङ प्रशासनले अनुरोध गरेको छ। 

नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्वसावधानी एवं सतर्कता अपाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय र एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङले प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोस्ट साथै गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्र आवश्यक सहयोग, समन्वय एवं सूचना प्रदान गरी विपत् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ।