१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १८:३४:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

पाडो नकाटिए तेरै मन्टो काटेर रुखमा झुण्ड्याइदिन्छु भनेपछि...

पशुको ज्यानमाथि पुण्य, प्रतिष्ठा र चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३४:oo

नारायण कार्की ७२ वर्षका भए। इस्मा गाउँपालिका ४ दोहली पोयँपाटाका कार्कीलाई इस्माकोतमा नवमीका दिन नदेख्ने सायदै कम छन् । उनले कैयौ वर्ष इस्मा कोत र माइकास्थान (मनकामना) मन्दिरमा पुजारी (मार हान्ने) काम गरे । त्यो भन्दा धेरै वर्ष कोतमा पाडा तङग्रयाउने काम गर्थे।

कार्की करिब ३५ वर्षको उमेरबाट कोत तथा विभिन्न शक्तिपीठहरुमा जान थालेका हुन्। अहिले उमेर ढल्कियो । उबेला जस्तो जोस छैन। तीन वटा दसैँदेखि कोतहरुमा नगएको कार्कीले बताए। 

कोतमा मेडा नकाटिए पुजारीमाथि कुटपीट गर्ने र समितिसँग अझै पनि थुप्रैले निहुँ खोज्छन् । केही समय पहिलेसम्म धेरै शक्तिपीठहरुमा लडाइँ सोही बिषयमा हुन्थ्यो । ठुला–ठुला पाडा र पाठाहरु कहिलेकाहिँ नकाटिन पनि सक्छन् । त्यसमा व्यक्ति, हतियार र छोप्नेहरुको महत्वपूर्ण भूमिका हुन्छ। 

पाठाको तुलनामा पाडा छोप्ने (तङग्रयाउने) र काट्ने बिषय चुनौतिपूर्ण हो। बलिया पाँचजना नभएसम्म मौलोमा पाडा तह लगाउन नसकिने कार्कीले बताए । उनले इस्मा कोतमा जति ठुला पाडाहरु पनि चरप्प पारेर मौलोमा अठ्याएको देख्दा सबै छक्क पर्थे। 

उनले कैयाँ वर्ष त्यो काम गरे । पुराना मध्येका टीका बस्नेत र उनका छोराहरु पनि अब्बल थिए। अहिले पुराना पुस्ता छैनन वा उमेरले जाँदैनन् । नयाँ पुस्ताका युवाहरुबाट काम भएको छ। 

नारायण कार्कीले अहिले पनि त्यो दिन अझै बिर्सेका छैनन् । जुन बेला माइकास्थानमा एक जनाले ‘पाडो नकाटिए तेरो मन्टो काटेर रुखमा झुण्ड्याइदिन्छु’ भनेका थिए । राँगो जत्रै पाडो । त्यो मान्छेको चेतावनी । सुरक्षा केही थिएन । तर, पनि कार्कीले हिम्मत हारेनन्। 

समितिमा समेत खैलाबैला भयो । पहिला पुग्नेकै मौलाको पाडो हुन्थ्यो । निर्विकल्प काट्न पर्ने भएपछि कार्कीले काटेरै छोडे। 

एउटा पशुको ज्यानमाथि पुण्य, प्रतिष्ठा, चेतावनी र उत्साह रह्यो । मन्टो काट्ने चेतावनीले कार्कीको मात्रै नभएर धेरैको मनमा चोट पुग्यो। कार्कीले जब पाडो डलाए त्यसपछि सबै  खुसीले उफ्रिएर र सबैले माफि माग्न लगाए । ‘मैले संसार जितेको महसुस गरेँ। नत्र मलाई आक्रमण पनि हुन्थ्यो,’उनले भने,‘भगवानको आशिर्वाद र आफूसँग हिम्मत भएपछि केही हुँदैन्थ्यो ।’ त्यो बेला जोरी खोज्न पनि कतिपयले ठुलो पाठा तथा पाडा कोतमा लैजाने गरेको कार्की बताए। 

कार्कीको अनुभवमा अहिले मान्छे फेरिएका छन्। उनको जमनामा कोतको महत्व कति थियो, थियो । कैयौँले दही, दुध र घिउ बोकेर कोतमा पुग्थे।कोतमा नचढी कसैले खाने हिम्मत गर्दैन्थे । कोतमा टीका लगाएपछि गाउँमा लगाउँथे। 

अहिले कोतमा दही घिउ चढाउन पनि किन्न पर्ने अवस्था छ । धेरै जना कोतमा पुग्दैनन् पनि। पहिले कुनै सेवा सुविधा नहुँदा पनि भगवान सम्झेर काम गर्नेहरु धेरै थिए । अहिले आस्थाभन्दा सुपिधा खोज्ने धेरै छन्।

कार्की पट्टा पनि खेल्छन्। उनी अहिले पनि पट्टा खेले। तर, बल र कला चाहिने भएकाले सास पुगेन। ‘युवाहरुले सिकुन भनेर पनि बल्लतल्ल घुमेँ । कसैले सिक्न खोज्दैनन्,’उनले गुनासो गरे,‘सबै बाहिर–बाहिर दौडिए। इतिहास कसैले खोज्दैनन्।’