१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

आज मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४५:oo

प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। 
 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भिड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। 

आज मात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतअनुसार आइतबार बिहान १०ः०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ।

तुलजा भवानीलाई त्यसै दिन बिहान ११ः३५ बजेको साइतमा स्थिरासनमा राखिएको उनले बताए। 

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा–आराधना गरिएको थियो। 

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा–आराधना गरिन्छ। विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७ः३५ बजे यात्रा गराइनेछ। बिहान ८ः४७ बजे तलेजु  भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइनेछ।

 


 

ad
ad