१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २१:o९:oo
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

हुम्लामा राजनीतिक चहलपहल र टिकटको चासो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o९:oo

हुम्लामा गठबन्धन दलको तर्फबाट प्रस्तावित नामहरूको सम्बन्धमा शीर्ष नेतृत्वपंक्तिमा छलफलपछि मात्र टुंगो लाग्ने भएको छ। 

जसअनुसार संघमा छिरिङ दम्डुल लामा र प्रेम शाहीमध्ये एक हुने भने पनि छक्कबहादुर लामाको नाम पनि चर्चामै छ । राजनीतिबाट सन्न्यास लिने मनाेस्थितिमा पुगेका छक्कबहादुर लामा यसबारे दुई–तीन दिनमै टु‌ हुने बताउँछन्। 

प्रदेश (क) का लागि डा. दीपेन्द्र रोकाया निर्विकल्प उम्मेदारको रूपमा देखा परेका छन्। प्रदेश (ख) का लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही देखापरेका छन्। 

गठबन्धनका अगाडि नेकपा एमालेका दल रावल, दल फडेरा र छिमी लामाको नाम चर्चामा भए पनि एमालेले जित्न सक्ने सम्भावना कम देखिन्छ। कांग्रेसले दुई प्रदेशको दाबी गर्दै (क) प्रदेशमा बागी उम्मेदवारी दिने तयारी भएको बताइन्छ। 

यसैबीच हुम्लामा संघमा माओवादीको कमजोर उम्मेदवार देखिएकाले हार्न नदिन र हुम्ला जिल्लाको महत्व स्थापित गर्न पार्टी अध्यक्ष प्रचण्डलाई संघ र प्रदेश (क) मा डा. दीपेन्द्र रोकायालाई टिकट दिँदा माओवादी आन्दोलन जोगिनुका साथै विकट हुम्ला जिल्लाको विकास हुने विश्लेषण हुन थालेको पाइन्छ । 
 
दलितको भरमा जितिँदैन : कालीबहादुर विक 

कालीबहादुर विक ०७४ सालमा प्रतिनिधिसभाका लागि जनता समाजवादीबाट चुनाव लडेका थिए । उनले १४ लाख खर्च गरेर जम्मा तीन सय ६८ मत पाएका थिए। उनले एकमतको तीन हजार आठ सय पाँच रुपैयाँ खर्च गरेका थिए। 

हुम्लाका दलितहरूले चुनावअघि उनलाई टिकट ल्याए हुम्लाका दलित मात्र एक भए चुनाव जितिने तर्क र सुझाव दिएका थिए। 

टिकट लिएर गाउँ पुगेपछि त्यो स्थिति रहेन। चुनावी परिणामले दलितको भरमा चुनावमा जानु आत्मघाती काम भएको निष्कर्ष निकाली अहिले माओवादी केन्द्रमा समाहित भई समानुपातिकतर्फ नाम प्रस्ताव गरेका छन्। 
 
ताँजाकोट र चंखेलीको अनुभव 

एकपटक सिमकोटमा ताँजाकोट ४ नम्बर वडाध्यक्ष प्रशान्त धमलाले ताँजाकोट भनेको रुकुम हो र लालकेश जैसी भनेको प्रभाकर हो भनेर सुनाए । उनको कुराले माओवादीका धेरैजना प्रभावित भए । तर, लालकेश जैसीकै कारण माओवादी नेता इन्द्र बुढा र अकवीर खड्का लड्ने र अन्तमा हार्ने गरेका छन्। 

पार्टीभित्र गुट–उपगुट चलाएका कारण निर्वाचन हारेपछि गोविन्द शाहीले पार्टीलाई प्रतिवेदन बुझाउँदै यो चुनाव हार्नुमा ७५ प्रतिशत भूमिका पूर्वअध्यक्ष धनलाल चौलागाईंको रहेको उल्लेख गरेका छन्।

तोर्पाकेन्द्रित लामाहरूमा विद्रोह

हुम्लाका छक्कबहादुर लामा र छिरिङ दम्दुल लामाबारे बाहिरी समाजमा भ्रम छ भन्दै सिमकोटका प्रेमबहादुर शाहीले आफूले विकल्प दिने बताइरहेका छन्।

नाम्खा गाउँपालिकाका छवि लामाले छक्कबहादुर लामा र छिरिङ दम्दुल लामाले तोर्पालाई केन्द्रमा राखेर राजनीति गरेको बताएका छन्। उनीसँगै मंगल लामाले बाह्रथपाल्याप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाका लागि आकांक्षी बनेका छन्। 

तोर्पाकै जुक्मित लामा स्थानीय तहको चुनाव हुँदा आफ्नो श्रीमान् चन्द्रसिंह कार्कीलाई उपाध्यक्ष भए पनि हुन्छ भनेर हारगुहार गर्थे भने अहिले आफू समानुपातिक उम्मेदवार भएर देखा पर्न खोजेकी छिन्।

पढे–लेखेकालाई टिक्न गाह्रो 

व्यासी समुदायका अगुवा डा. दीपेन्द्र रोकाया माओवादी केन्द्रको हुम्ला जिल्ला संयोजक हुन्। 
उनले प्रदेश सभाका लागि आकांक्षी बन्दा पढे–लेखेको मान्छे आफूहरूभन्दा माथि जाने भयो भनेर प्रदेश पार्टीका केही व्यक्तिले अर्कै मान्छे अगाडि सार्न खोजेको बुझिन्छ। 

पारदर्शी रूपमा हुम्लामा काम गर्न थालेपछि इमानदार रोकायालाई पेल्न लालकेश जैसीले प्रभाकरको नाममा जिल्लामा ब्ल्याकमेलिङ गरिरहेका छन्। सो कार्यमा जिल्ला इन्चार्ज विजय भण्डारी मौन देखिएका छन्। 

डा. रोकायाले पार्टीमा स्वच्छ बहस हुनुपर्छ, तर गुट हुनुहुन्न भन्ने धारणा राख्दै आएको पाइन्छ। उनको विकल्पमा उठाइएका व्यक्ति दलित समुदायको हो भन्दै नेताहरूलाई उपहार कारोबार चलाइएको निकट सूत्रले जनाएको छ। 

सोही कार्यलाई पार्टीका केन्द्रीय सदस्य छक्कबहादुर लामा र वीरजंग शाहीले आपत्ति जनाइसकेका छन्। उनीहरूले यस्तै हो भने यो पार्टीमा रहन नसकिने बताउन थालेका छन्। 

यस्तै, सिमकोट गाउँ कमिटी इन्चार्ज जसबहादुर भण्डारीले पार्टीभित्रको गुटगत कार्यको खुलेर विरोध गर्दै आएका छन्। ‘यस्तै हो भने पढेलेखेकाहरूले पार्टीमा बस्ने र भविश्य देख्ने अवस्था छैन,’ उनले भने। उक्त विषयमा संयोजक रोकाया भने मौन छन्।