१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
पन्छाउनुअघिकाे पहिराे । फाइल तस्बिर
रासस त्रिशूली
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘गल्छी–देवीघाट’ सडक २८ घण्टापछि सञ्चालनमा

Read Time : < 1 मिनेट
रासस, त्रिशूली
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ।

बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’को कार्यालयका निमित्त प्रमुख रामबिहारी चौधरीले जानकारी दिए। उनका अनुसार चारवटा हेभी उपकरणको सहायताले लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो।

'सडकमाथिबाट आएको ढुङ्गामाटो पन्छाएर तत्कालका लागी सडक खुला गरिएको छ', चौधरीले भने, 'थप पहिरोको जोखिम कायमै भएकाले आउजाउ गर्दा सावधानी अपनाउनुपर्दछ।' अवरुद्ध भएको २८ घण्टापछि सडक सुचारु भएसँगै नुवाकोट र रसुवाको गन्तव्यमा जान रोकिएका सवारीसाधन सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिए।

उनका अनुसार अझै पनि उक्त स्थानमा पहिरोको जोखिम देखिएकाले ट्राफिक प्रहरीको उपस्थितीमा जोखिम अबस्था हेरेर सवारीसाधन आउजाउ गराइएको छ। ‘गल्छी–देवीघाट सडकखण्ड’अन्तर्गत पर्ने उक्त स्थानमा गएको वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गतको दाँयाबाँया ११ मिटरको व्यवस्थित सडक निर्माण गरिएको थियो। सोही समयमा पनि पहिरो गएकाले आकस्मिक नियन्त्रणको काम गरे पनि त्यो प्रभावहीन देखिएको हो।

'सडकको करिब पाचसय मिटरमाथिबाट खसेको सुक्खा पहिरोले दायाँबायाँ दुईसय मिटर सडक जोखिम बनाएको छ', योजना कार्यालयका निमित्त प्रमुख चौधरीले भने, 'सडक तल त्रिशूली नदी छ। अन्य वैकल्पिक सडक नभएकाले पहिरो रोकथामको लागि विशेष योजना सञ्चालन गर्न रिपोर्ट तयार गर्ने छौँ।'

‘गल्छी–रसुवागढी सडक योजना’ विस्तारको क्रममा गल्छी, जिलिङ र तिरतिरे भिरमा ठूलो पहिरो उत्पत्ति भएकाले त्यहाँ थप ठेक्का लगाएर नियन्त्रणको काम भइरहेको छ।