Skip This
दसैँकाे दिन देशभर पानी पर्ने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँकाे दिन देशभर पानी पर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १७:५१:oo

यस वर्षको दसैँ ‘हिले’ हुने अनुमान गरिएको छ। पछिल्ला दिनमा मनसुन निष्क्रिय बन्दै गएपछि  बाहिरिने अपेक्षा गरिएको थियो। तर, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दसैँमा वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

महाशाखाका अनुसार न्यूनचापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेकाले दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना छ। 

महाशाखाले शुक्रबार ‘दसैँका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै १८ असोज अर्थात् नवमीबाट नेपालमा पनि न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाएको हो।

नवमीमा प्रदेश १, मधेस, बागमती र गण्डकीका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विजयादशमीका दिन पनि देशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विजयादशमीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। 

एकादशीमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।