१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

सेना र प्रहरीसहितको संयन्त्र निर्माण गर्ने आयाेगकाे निर्णयप्रति पत्रकार महासंघको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१८:oo

नेपाली सेना र नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गर्ने निर्वाचन आयोगकाे निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। आगामी मंसिर ४ मा तय भएकाे प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न संयन्त्र बनाउने तयारी गरेको छ।

आयोग आफैँले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरंकुशतन्त्रमा मात्र हुने भन्दै महासंघले उक्त संयन्त्र निर्माण गरेर आयाेगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको ठहर गरेको छ।

‘आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर राज्यका संयन्त्रसँग सहकार्य गरी सम्पन्न गर्ने निर्वाचन नै लोकतान्त्रिक मूल्य मान्यताअनुरूप हुने आमबुझाइ छ। महासंघ यो निर्णय तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह गर्दछ,’ महासंघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

साथै, महासंघले निर्वाचनका सबै प्रक्रियाका विषयमा सञ्चारमाध्यमको परिचयपत्र वा पत्रकार महासंघको परिचयपत्र वा सरकारी निकायबाट जारी पत्रकार परिचयपत्रका आधारमा निर्वाध समाचार संकलन, प्रकाशन तथा प्रसारणको वातावरण बनाउन पनि आयोगलाई आग्रह गरेको छ।