Skip This
 नुवाकोटको बुधसिंहघाटमा पहिरो : त्रिशूली–गल्छी सडक साँझसम्म खुल्ने अपेक्षा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नवदीप अजनवी नुवाकोट
२o८१ बैशाख २६ बुधबार o९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

 नुवाकोटको बुधसिंहघाटमा पहिरो : त्रिशूली–गल्छी सडक साँझसम्म खुल्ने अपेक्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:३४:oo

नुवाकोटको त्रिशूली–गल्छी सडकखण्डको बुधसिंहघाटमा गएको पहिरोको कारण अवरुद्ध सडकको पहिरो हटाउन थालिएको छ । अवरुद्ध सडक साँझसम्म खुल्न सक्ने बताइएको छ । त्रिशूली–गल्छी सडकखण्डको बेलकोटगढी नपा– ७ बुधसिंहघाटमा बिहीबार बेलुका ५ः३० बजेतिर गएको पहिरोको कारण अवरुद्ध सडक शुक्रबार बिहानबाट मात्र खुलाउन थालिएको छ । 

रातिको समयमा पहिरो हटाउन जोखिम भएकाले बिहानबाट मात्र पहिरो हटाउने काम भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिमालले जानकारी दिए । प्रजिअ रिमालले भने, ‘पहिरो ठूलो भएको कारण एकैदिनमा हटाउन नसकिएला भन्ने लागेको छ । तर, काम भइरहेको छ । आज साँझसम्म वा जतिसक्दो छिटो खुलाउनेछौँ ।’

सडक विस्तारको क्रममा पहाड धेरै काटिएका कारण पहिरो गएको हो । यो क्षेत्रमा पटकपटक पहिरो गएर सडक रोकिँदै आएको छ । बुधसिंहघाटको पहिरो हटाउने र वैकल्पिक सडक सञ्चालन गर्ने दुवै काम भइरहेको छ । तारकेश्वर– ४ र विदुर– ३ मा रहेको छत्रेखोलामा पुल नभएको कारण वैकल्पिक सडक नहुँदा रोकिएका साधनहरू पार गराउन खोलामा ह्युमपाइप हाल्ने काम भइरहेको छ । काठमाडौंबाट गल्छी हुँदै नुवाकोट आउने सजिलो सडक भएको कारण यो सडकमा सवारीसाधनको चाप धेरै रहेको छ ।

यस्तै, पहिरोले कारण अप्टिकल फाइबर छिनेकाले नुवाकोटमा नेपाल टेलिकमको मोबाइल फोन, ल्यान्डलाइन फोन र इन्टरनेटसमेत अवरुद्ध भएको छ । 


 

ad
ad