Skip This
विश्व पर्यटन दिवस : मनाङका पर्यटन व्यवसायीले गरे पर्यटकको स्वागत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व पर्यटन दिवस : मनाङका पर्यटन व्यवसायीले गरे पर्यटकको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्। ४३औँ विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरूलाई स्वागत तथा सम्मान गरिएको हो। 

मनाङमा घुम्न हिँडेका पर्यटकलाई बाटोमै रोकेर पर्यटन व्यवसायीले खादा र अबिर लगाएर भब्य स्वागत गरेका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले पर्यटकहरूलाई खादा र अबिर लगाएर स्वागत गरेको होे। सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटकहरूको आगमन हुने महिना भएकाले पर्यटन दिवसले पर्यटकहरूको आगमनमा नयाँ उत्साह थपिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए। 

मंगलबार मनाङको मनाङ ङिस्याङ गाउँपालिका- ४ मनाङमा रहेको एक्याप मनाङको कार्यालयमा १८ जना महिला र २२ जना पुरुष गरी ४० जना विदेशी पर्यटकलाई सम्मान र स्वागत गरिएको हो। यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप धारापानी चेकपोस्टले पनि १७ जना महिला र २४ जना पुरुष गरी ४१ जना विदेशी पर्यटकलाई सम्मानसहित स्वागत गरेको एक्याप मनाङका प्रमुख गौतमले बताए। 

इजरायल, जर्मनी, क्यानडा, बेलायत, अमेरीका, स्विट्जरल्यान्ड ,जापान, फिनल्यान्डलगायतका नागरिक पदमार्गमा आउने गर्छन्। मुलुकमा शान्ति स्थापना भएपछि लमजुङको सदरमुकाम बेँसीसहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ। दुई वर्ष कोरोनाका कारण पदमार्गमा पर्यटक आएका थिएनन्। कोरोना संक्रमणदरमा कमी आएसँगै गत वर्ष अन्नपूर्ण पदमार्गमा ७ हजार २० जना विदेशी पर्यटक मनाङ आएका थिए। 

चालू आवको साउनदेखि असोज १० सम्म एक हजार ९ सय ४४ जना विदेशी पर्यटक आएका छन्। पर्यटक आगमनमा हालसम्म कुनै कमी नदेखिएकाले गत वर्षभन्दा यस वर्ष पदमार्गमा आउने पर्यटकको संख्यामा वृद्धि हुने एक्याप प्रमुख गौतमको भनाइ छ।