मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format ११:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोरीमा बालबालिका प्रयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

चितवनको भरतपुरमा एक भारतीय नागरिकले बालबालिकाहरूको प्रयोग गरेर चोरी गरेका छन्। भरतपुर– १३ उज्ज्वलनगर क्षेत्रमा रहेका सुकुमबासी परिवारका नाैदेखि ११ वर्षसम्मका आधा दर्जन बच्चालाई भारतीय नागरिक भगवान साहले चोरीमा लगाएको भन्दै इलाका प्रहरी कार्यालय गीतानगरले प्रकाउ गरेको हो । प्रक्राउ पर्नेमा भगवान साह, उनकी श्रीमती, उनको छोरा र स्थानीय बालबालिका छन् । 

करिब १५ वर्षदेखि भरतपुर– १३, उज्ज्वलचोकनजिकै चटपट पसल गर्दै आएका साहको परिवारले स्थानीय बालबालिकाको प्रयोगमा फलाम र कबाडीको सामान चोरी गर्दै आएको देखिन्छ ।

मंगलबार बिहान चोरी गर्दागर्दै केही बालबालिका समातिएपछि चोरीको रहस्य खुलेको हो । स्वयं बालबालिकाले नै चोरी गरेर साह परिवारलाई सामान बुझाउने गरेको र उनीहरूले नै कामका लागि प्रेरित गरेको बताएका छन्। साह भाडामा बस्दै आएको घरमा चोरीका सामानहरू ठूलो परिमाणमा भेटिएको छ । सामान्य थाल, कचौरा, फलामको बन्चरो, खुर्पादेखि साइकलसम्मका सामग्रीहरू साहको घरमा छन् । 

साहले चोरी गरेर सामान ल्याउनेलाई चटपट र पैसा दिने गरेको समातिएका बालकहरूले बताएका छन् । विषय अनुसन्धानकै क्रममा भएकाले प्रहरीले थप जानकारी दिएको छैन ।