मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
माइकल स्टेनवर्गर
२०७९ असोज ११ मंगलबार ०८:४६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्झनलायक रोजर फेडेरर

फेडेरर यति धेरै प्रिय हुनुमा र्‍याकेटमार्फत उनले देखाउने सीपको मात्र भूमिका छैन, उनले देखाउनेजस्तो करुणा, उनको जस्तो उचाइका खेलाडीमा कमै भेटिन्छ

Read Time : > 2 मिनेट
माइकल स्टेनवर्गर
२०७९ असोज ११ मंगलबार ०८:४६:००

महारानी एलिजाबेथ द्वितीयालाई बिदा गरेपछि लन्डन अर्को महत्वपूर्ण बिदाइको साक्षी बन्यो । लेभरकपबाट बिदा लिएका रोजर फेडेरर सम्भवतः लन्डनमा हुने विमब्लेडनमा थप एकपटक भाग लिन चाहन्थे । आठपटकका विमब्लेन्डन जितेका फेडेररको त्यो चाहना पटकपटकको घुँडाको अप्रेसनले रोकिदियो । उनको शरीर ग्रान्डस्लाम प्रतियोगिताका लागि सबल रहेन । त्यसैले स्विट्जरल्यान्डमा जन्मिएका फेडेररले आफ्नो खेलजीवन लन्डनमा आयोजित विमब्लेडनबाट अन्त्य गरे । शुक्रबार उनले आफ्नो खेलजीवनका सबैभन्दा ठूला प्रतिस्पर्धी राफायल नाडालसँग जोडी बनाएर अन्तिम खेल खेले । 

फेडेररले अवकाशको घोषणा गरेपछि नै उनीप्रतिको सम्मान व्यक्त गर्न सुरु भएको थियो । अधिकांश सम्मानका शब्द उनको खेलको सौन्दर्य र कोर्ट भित्रबाहिर उनको शालीनताप्रति लक्षित थियो । तर, उनको विरासतको अर्को पक्ष पनि उल्लेखनीय छ । त्यो हो, करोडौँ मानिसहरूको फेडेररसँग महसुस गर्ने भावनात्मक सम्बन्ध, जुन टेनिस खेललाई खासै चाख नदिनेहरूले समेत महसुस गर्थे । यो सम्बन्ध नायकप्रतिको भक्तिभावभन्दा बढी थियो । 

अंकमा मात्र ध्यान दिने हो भने फेडेररलाई यस युगका तेस्रो उत्कृष्ट खेलाडीका रूपमा स्मरण गरिनेछ । २० प्रमुख च्याम्पियनसिप जितेका फेडेररलाई ट्रफीको हिसाबमा नाडाल(२२) र नोभाक जोकोभिच(२१)ले उछिनेका छन् ।

फेडेररको करियर झन्डै दुई दशक रह्यो । यस अवधिमा उनको उपस्थिति अनिश्चित विश्वमा एक निश्चित कुरा थियो । त्यसले एक आरामदायी अनुभूति गराउँथ्यो । उनी यस्ता खेलाडी थिए जसको अलौकिक खेल र अटल शालीनताले मानिसलाई प्रभावित बनाएरै छाड्थ्यो । फेडेररले खुसी दिए, साथमा विश्वास पनि । फेडररको सबैभन्दा महत्वपूर्ण जित सन् २००१ जुलाईको विमब्लेडनमा टेनिस खेलका अघिल्लो युगका महान् खेलाडी पिट सम्प्रासविरुद्ध भएको थियो । त्यसको दुई महिनापछि सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भयो । त्यसयता विश्व एकपछि अर्को संकटमा फस्दै गएको छ । युद्ध, आतंकवाद, रोग, आर्थिक उतारचढाव, वातावरणीय विपद्, बढ्दो असहिष्णुता र अन्य खराबीको पृष्ठभूमिमा फेडेरर आफ्नो करिअरमा अघि बढिरहे । फेडेरर अन्य कुनै युगमा खेलेको भए पनि एक सम्मानित खेलाडी हुने थिए, तर अहिलेको यस उतारचढावपूर्ण युगमा उनी थप सम्मानित पात्र बने । 

अंकमा मात्र ध्यान दिने हो भने फेडेररलाई यस युगका तेस्रो उत्कृष्ट खेलाडीका रूपमा स्मरण गरिनेछ । २० प्रमुख च्याम्पियनसिप जितेका फेडेररलाई ट्रफीको हिसाबमा नाडाल(२२) र नोभाक जोकोभिच(२१)ले उछिनेका छन् । टेनिस खेलको महान् खेलाडीको प्रश्नमा फेडेररका कट्टर समर्थक पनि उनको पक्षमा बलियो तर्क नरहेको स्विकार्छन् । तर ट्रफीको संख्याले फेडेररले हामीलाई उनको दोस्रो जोडा नभेटिने महसुस गराएका छन् । निश्चित रूपमा नाडाल आफैँमा सम्मानित पात्र हुन्, तर फेडेररसँग हुने अपनत्व बढी सघन र फरक हुन्छ । अनौठो सुनिएला, तर मानिसहरूले फेडेररबाट जीवनदायी प्रेरणा हासिल गर्छन् । उनको जीवनदायी प्रभावबारेमा पुस्तक लेखिएका छन् (जस्तो फेडेरर एन्ड मी, फुट स्टेप्स अफ फेडेरर) ।

केही वर्षअघि ब्रिटिस संसद्मा ब्रेक्जिटबारे निष्कर्षविहीन बहसपछि बेलायतको हाउस अफ कमन्सका सभामुख जोन बरकोले निराशाका बीच कसरी आराम लिइरहने भन्नेबारे बताउँदै भनेका थिए– ‘यस्तो समयमा म केबाट आनन्द लिन्छु ? रोजर फेडेररले हिजो राति मायामिमा निकै उत्कृष्ट प्रदर्शन गरे । ’ फेडेररबाट आराम महसुस गर्ने कुरा हामीमध्ये धेरैले महसुस गरेको अनुभूति हो । उनले कोर्टमा देखाउने कलाबाट हामीहरूले स्वभावतः मजा लियौँ । टेनिस एक स्टाइलिस खेल हो, जुन फेडेररजति उत्कृष्ट हिसाबमा कसैले प्रदर्शन गरेनन् । खेल्दा ब्याले नर्तकजस्तो खुट्टाको चाल हुने फेडेररको सिग्नेचर सटलाई व्याख्या गर्दै उपन्यासकार डेभिड फेस्टर वालेसले ‘महान् तरल कोरा’ हानेजस्तो हातको चाल हुने भनेका छन् । 

फेडेररको विरासतको अर्को उल्लेखनीय पक्ष पनि छ– करोडौँ मानिसको फेडेररसँग महसुस गर्ने भावनात्मक सम्बन्ध, जुन टेनिस खेललाई खासै चाख नदिनेहरूले समेत महसुस गर्थे । यो सम्बन्ध नायकप्रतिको भक्तिभावभन्दा बढी थियो । 

फेडेरर यति धेरै प्रिय हुनुको कारण ¥याकेटमार्फत उनले देखाउने सीपको मात्र भूमिका छैन । उनले देखाउनेजस्तो करुणा, उनको जस्तो उचाइका खेलाडीमा कमै भेटिने गुण हो । क्रुरता बढ्दै गएको समयमा यो गुणले उनलाई अरूबाट प्रस्ट देखाउँछ । सन् २०१७ मा चोटबाट फर्किएर अस्ट्रेलियन ओपन जित्दा छाएको उत्साह डोनाल्ड ट्रम्पले भर्खरै कार्यकाल सम्हालेको समयको पृष्ठभूमिमा हेर्नुपर्छ । फेडेररको असम्भवजस्तो देखिने जित आक्रोशमाथिको विजयजस्तो देखिएको थियो । वालेसको ‘तरल कोर्रा’वाला लाइन फेडेररको खेलको महानतामा सन् २००६ मा लेखिएको निबन्धमा समेटिएको हो । त्यसको शीर्षक थियो –‘रोजर फेडेर एज रेलिजियस एक्सपेरियन्स(धार्मिक अनुभवका रूपमा रोजर फेडेरर) । साँच्चै त्यो शीर्षकले भनेजस्तै फेडेररको टेनिसमा अध्यात्मको अनुभूति भेट्न सकिन्छ, जसले स्वभावतः समर्पण निम्त्याउँछ । फेडेररले कलात्मक आनन्दभन्दा बढी प्रदान गरे । धेरै मानिसका लागि उनी एक झन्डुबामजस्तै एक आनन्ददायक अनुभूति थिए । जीवनमा निराशाका धेरै कारणबीच फेडेररमा शान्ति महसुस गर्न सकिन्थ्यो । अब त्यो पनि गुमेको छ ।