Skip This
मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
रासस काठमाडौं
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएका जानकारी दिए।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएका उनले बताए। उनका अनुसार मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ। यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ।

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिंमा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको बताए। गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए।

चुमनुब्री गाउँपालिका– १ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ। मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरूका सहयोगी नेपाली आधार शिविरमा छन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्। यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुली आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन्।