१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
फाइल तस्बिर
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्र र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्। सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पदभन्दा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

‘केही वर्षदेखि म प्रधानमन्त्रीको रेसमा छैन। लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो। जनताको आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘मैले चाहेको भए ०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो। त्यसपछि पनि थियो। अहिले भर्खर पनि छ। तर, प्रधानमन्त्री मुख्य कुरा होइन।’   

आसन्न निर्वाचनमा कसलाई चुन्ने भन्ने अधिकार जनताको हातमा रहेको उल्लेख गर्दै प्रचण्डले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे। उनले भने, ‘आउँदै गरेको मंसिर ४ गतेको प्रादेशिक र संघीय निर्वाचनमा फैसला कसको पक्षमा दिने भन्ने कुराको अधिकार नेपाली जनताको हातमा आइसकेको छ।’

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले समाजको दिशा आमसञ्चारमाध्यमले उठाउने विषयले तय गर्ने भन्दै उनले अग्रगामी चेतानासहितको जनमत निर्माणमा जोड दिन सञ्चारकर्मीलाई आग्रह गरे। ‘यदि मिडिया या मिडियामा चल्ने डिबेटले बाटो बिराउने हो भने समाज अधोगतितिर, प्रतिगमनतिर जाने खतरा हुन्छ। मिडियाले जनमत निर्माण गर्न अग्रगामी चेतनासहित पहल गर्दा सिंगै समाज नै सकारात्मक परिवर्तनतिर जान्छ,’ उनले भने।