१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनका लागि भवन र कर्मचारी अभाव देखिएको छ । हाल ताल्छिखेलस्थित भाडाको घरबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन् । त्यसमा पनि सातजना मात्रै स्थायी हुन् ।

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले भवन र कर्मचारी अभावका कारण प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जानकारी गराए । उनका अनुसार भवन र पर्याप्त कर्मचारी हुने हो भने जिल्लाका सबै स्थानमा आयुर्वेद उपचारको सहज पहुँच पुर्‍याउन सकिन्छ । 

तर, जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद औषधालय सेवाको पहुँच पुगे पनि प्रभावकारी भने छैन । ‘हामीलाई भवन र कर्मचारी अभाव छ, अर्को कुरा सेवाग्राही पनि कम आउनुहुन्छ,’ उनले भने, ‘यसबारे हामीले जनचेतना प्रवाह गरिरहेका छौँ ।’ उनका अनुसार एक वर्षको अवधिमा जिल्लामा झन्डै १० हजारले आयुर्वेदिक उपचार सेवा लिएका छन् । यहाँ २३ प्रकारका आयुर्वेद औषधि निःशुल्क वितरण हुँदै आएको छ ।