१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कुटपिटकाे बदला लिन भुटानी शरणार्थी गुरुङको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

कुटपिटकाे बदला लिनलाई दमकस्थित भुटानी शरणार्थी शिविरका लालबहादुर गुरुङको हत्या भएको खुलेको छ। बुधबार झापा र इलामको सिमाना इलाम चुलाचुली– ५ स्थित रतुवा खोलाको झोलुंगे पुलमा धारिलो हतियार प्रयोग गरी गुरुङको हत्या भएको थियो।

धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका गुरुङको सोही दिन साँझ बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको थियो। गुरुङको हत्यामा नौजनाको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा चुलाचुली पुगेको थियो। घटनामा संलग्न नौजनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

हत्यामा संलग्न भएको आरोपमा इलाम चुलाचुली गाउँपालिका– ४ का २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी,  २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याक्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेहाङ याक्खा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा पक्राउ परेका छन्। यसैगरी, ३५ वर्षीय डम्बर यवा,  ३० वर्षीय टीका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ (नेपाली) र २९ वर्षीय पर्शु राई पनि पक्राउ परेका प्रमुख प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए।

पक्राउ परेका सबै चुलाचुली– ४ का हुन्। हत्या बदलाका लागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाभन्दा तीन दिनअघि मृतक गुरुङले नरेन्द्र तुम्रोकका भाइ सुजनलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपीहरूले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको पाएको एसपी घिमिरेले बताए।

‘मृतक गुरुङको बस्ने ठेगानामा बसोवास गर्ने दावा तामाङसँग पहिलेदेखि नै रिसइबी रही मृतकले निजलाई खोजिरहेका रहेछन्,’ घिमिरेले भने, ‘दावा तामाङलाई हामीले पक्राउ गरेका छौँ, आउनु भनी आरोपितहरूले मृतकको श्रीमतीको मोबाइलमा सम्पर्क गरी घटनास्थलमा बोलाएको देखिन्छ।’

गुरुङ चुलाचुली– ३ का राकेश फियाक, भुटानी शरणार्थी शिविरका प्रदीप तामाङ र भुटानी शरणार्थी शिविरकै नरबहादुर राईलाई लिएर दुईवटा मोटरसाइकलसहित घटनास्थल पुगेका थिए। गुरुङ पनि आपराधिक पृष्ठभूमिका हुन्। उनी पटकपटक विभिन्न मुद्दामा जेल परेर छुटेका थिए।

प्रहरीले घटनास्थलबाट मृतकलाई हान्न प्रयोग भएको रगत लागेका ढुंगाहरू, घटनामा प्रयोग गरेपश्चात् झ्याम्ले भन्ने नरेशकुमार याक्खाले घरमा लगी राखेको र निजको भाउजूले फालिदिएको दापसहितको खुकुरी फेला परेको प्रहरीले जनाएको छ।