मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ६ बिहीबार २१:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीको एआइजीमा दाहाल सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ६ बिहीबार २१:२०:००

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) बंशी दाहालको बढुवा सिफारिस भएको छ । 
गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो । 

दुई साताअघि सरकारले सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो। बढुवाका लागि डिआइजीद्वय वंशी दाहाल र किशोर प्रधानले आफ्नो फर्म भरेका थिए। दाहालकै पहलमा सो पद थपिएकाले उनकै बढुवा सिफारिस भएको गृह मन्त्रालय स्रोत बताउँछ ।