मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षा निकायबीच आसन्न निर्वाचनकेन्द्रित छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार २o:o९:oo

​सुरक्षा निकायका प्रमुखबीच ​आसन्न ‘प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनकेन्द्रित छलफल भएको छ। 

प्रधानसेनापति महारथी प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच जंगी अड्‍डामा छलफल भएको हो। 
 
उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तर्क्रिया भएको थियो।