१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस दमक
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ

Read Time : < 1 मिनेट
रासस, दमक
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको आशंकामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन।

बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो। झापा र इलामको सीमानजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए। गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार व्यक्तिगत रिसइबीका कारण सो घटना भएको आशंका गरिएको छ।