१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
एजेन्सी मस्को
Invalid date format o८:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्थिक संकटमा युक्रेनी महिला बास्केटबल खेलाडी

Read Time : < 1 मिनेट
एजेन्सी, मस्को
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

रसिया र युक्रेनबीचको युद्धले यसको प्रत्यक्ष प्रभाव खेलकुदमा परेको छ । युद्धका कारण युक्रेनी महिला बास्केटबल आर्थिक संकटमा परेको जनाइएको छ । नियमित रूपमा युक्रेनी महिला बास्केटबल खेलाडी छिमेकी देश रसियामा खेल्न जान्थे । यसपटक रसियामा महिला बास्केटबल लिग खेल्नबाट युक्रेनी खेलाडी वञ्चित भएका छन् । रसियाले युक्रेनका सबै खेलका खेलाडीलाई आफ्नो देशमा खेल्न प्रतिबन्ध लगाएको छ । 

रसियामा लिग खेल्न नपाउँदा युक्रेनका खेलाडीले यस वर्ष १२ करोड ८० लाख रुपैयाँ गुमाएको एजेन्सीले जनाएको छ । गत वर्ष युक्रेनका खेलाडीले रसियन बास्केटबल लिगमा राम्रो आम्दानी गरेका थिए । त्यहाँ अन्तर्राष्ट्रिय स्तरको सुविधा उनीहरूले प्राप्त गर्थे । यसपटक रसियन लिगमा आबद्ध हुन नसक्दा उनीहरूको आम्दानी पनि घटेको छ । 

युक्रेनी महिला बास्केटबल खेलाडीले विकल्पका रूपमा टर्की, हंगेरी तथा बेलारुसजस्तो देशमा लिग खेल्ने भएका छन् । यी तीनवटै देशले बास्केटबलको फ्रेन्चाइज लिगमा कम पारिश्रमिक दिने गरेका छन् । एजेन्सीहरूका अनुसार युक्रेनी महिला खेलाडी कम पारिश्रमिकमै खेल्न राजी छन् । 

‘रसियामा प्राप्त गर्ने रकमको दश प्रतिशत तल नै युक्रेनका खेलाडी टर्की र हंगेरीमा बास्केटबल खेल्न थालेका छन्,’ रसियन एजेन्सीले भन्यो, ‘सम्भवतः आर्थिक अभावकै कारण खेलाडीले यस्तो निर्णय लिएको हु्नुपर्छ ।’ युक्रेनका महिला बास्केटबल खेलाडी नआउँदा रसियन खेलाडीले अहिले घरेलु लिगमा राम्रो पारिश्रमिक पाइरहेका छन् ।