१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खाद्यान्न ढुवानीमा अहिले पनि चौँरी, याक र खच्चडको भर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४४:oo

हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा अझै पनि खच्चड, चौँरी  र याकमार्फत खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ। सडक सञ्जाल नजोडिएको र यातायातको पहुँच नपुगेका क्षेत्रहरूमा पशुमार्फत खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिँदै आएको छ। 

दसैँ तथा विभिन्न चाडहरू नजिकिएसँगै स्थानीयवासीले  खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्रीहरू खच्चड र चौँरी तथा याकलाई बोकाएर ढुवानी गरिरहेका छन् । मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन। सडकले नछोएका ठाउँहरूमा कि पिठ्युँमा मानिसले बोकेर लैजानुपर्ने कि पशुमार्फत ढुवानी गराउनुपर्ने बाध्यता छ । 

जिल्लाको सबैभन्दा टाढा रहेको हिमाली गाउँ फक्ताङलुङ गाउँपालिका– ७ को याङमा साथै ओलाङचुङगोला, घुन्सा र मिक्वाखोला गाउँपालिका– ५ पापुङमा, तोक्पेगोला क्षेत्रमा यातायातका साधन सञ्चालन नहुँदा खच्चड, चौँरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयले लक्ष्मी माविका प्रधानाध्यपक लक्ष्मी माबोले बताए । सडक र यातायातको पहुँच नभएपछि खच्चडमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको माबोले बताए। 
 

ad
ad