मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चाडपर्वलक्षित बजार अनुगमन चुस्त बनाउन दिगो विकास समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार १०:२८:००

 नजिकिँदै गरेको चाडपर्वमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न दिगो विकास  तथा सुशासन समितिले निर्देशन दिएको छ । समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा मंगलबार बसेको बैठकमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र उपभोक्ता हित संरक्षण मञ्च नेपालसँगको छलफलमा सम्बन्धित निकायलाई सामूहिक निर्देशन दिएको हो ।

त्यस्तै, समितिले चाडपर्वको समयावधिमा मादक पदार्थको बिक्री वितरण व्यवस्थित एवं नियन्त्रण गर्न, ट्राफिक व्यवस्थालाई थप प्रभावकारी र यात्रुमैत्री बनाउन, यात्रुवाहक सवारीसाधनमा सिटअनुसार यात्रुको संख्या बढी भए/नभएको अनुगमन गर्न, बजारमा सामानको कृत्रिम अभाव सिर्जना तथा कालोबजारी कार्यलाई नियन्त्रण तथा कारबाही गर्न, गुनासो संयन्त्रलाई बढी प्रभावकारी बनाउन र शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।