१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकले मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय घटायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१५:oo

नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको  डबल धमाका मुद्दती खाताहरूमा ग्राहकको साँवा रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा साँवा रकम दोब्बर हुने भएको हो । यो खाता न्यूनतम २५ हजार रुपैयाँ जम्मा गरी खोल्न सकिने बैंकले जनाएको छ ।

यो योजनामा बैंकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने जनाइएको छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयको मुद्दतीमा ग्राहकको धेरै नै आकर्षण रहेको बैंकको दाबी छ । 

संघ–संस्थाहरूका लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा दोब्बर हुने जनाइएको छ । यो खाता संघ–संस्थाहरूले न्यूनतम एक लाख रुपैयाँमा खोल्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, न्यूनतम २५ हजार रुपैयाँमा खोल्न सकिने डबल धमाका मुद्दती खाता रेमिट्यान्समा पाँच वर्ष पाँच महिनामा नै रकम दोब्बर हुने जनाइएको छ ।  हाल बैंकले देशभरमा दुई सय १९ शाखा, एक सय ८६ एटिएमका साथै ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad