मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Sunday, 13 July, 2025
नेपालकाे पाेष्टमा बल प्रहार गर्दै बंगालदेशी खेलाडी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o७९ असोज ३ सोमबार १७:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफमा नेपाल २ - ० ले पछि

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १७:५o:oo

छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधिका लागि भइरहेको खेलमा नेपाल २–० ले पछि परेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले २–० ले अग्रता लिइसकेको छ। 

बंगलादेशको पहिलो गोल निकै आकर्षक थियो। सामसुन्ना हारले खेलको १४औँ मिनेटमा आकर्षक गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेको केही मिनेटभित्रै उनले आफ्नो उपस्थिति प्रमाणित गरिन्। 

यसपछि नेपालले खेलमा बराबरी गर्ने निरन्तर प्रयास गरिरह्यो। तर, ४२औँ मिनेटमा श्रीमोती कृष्ण शंकरले दोस्रो गोल गरिन्। नेपाली डिफेन्डरहरूको कमजोरीको फाइदा उठाउँदै उनले बललाई जाली चुमाइन्।