१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format ११:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद : तनहुँ र लमजुङलाई नसमेटिएकोे भन्दैे असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात जिल्लामा मात्र खेल हुने भनिएपछि अन्य जिल्लाले असन्तुष्टि जनाएका छन् । आयोजकले खेलका लागि प्रदेशका ११ मध्ये लमजुङ, तनहुँ, मनाङ र मुस्ताङमा कुनै खेल नहुने जनाएको छ । ३६ मध्ये २९ खेल कास्कीको पोखरामा हुनेछन् । बाँकी खेल नवलपुर, म्याग्दी र काठमाडौं, स्याङ्जा, गोरखा, पर्वत, बाग्लुङमा हुनेछन् । यातायात, बाटो, आवास सुविधा, मौसमलगायतका कारण मनाङ र मुस्ताङलाई खेलस्थलको रूपमा नसमेटेको हो । तर, लमजुङ र तनहुँलाई पनि अलग राखिएको भनी सम्बन्धित निकायले असन्तुष्टि पोखेका छन् । 

जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योग गुरुङले खेल सञ्चालनमा जिल्लालाई नसमेटिएकाले आफूहरूलाई असन्तुष्टि लागेको बताए । लमजुङलाई नसमेटिनुको कारण आफूहरूले केही जानकारी नपाएको उनको भनाइ छ । ‘बाटोको कारण भएर हो वा पोखरादेखि टाढा भएका कारणले हो, मैले कुरा बुझ्न सकिनँ, अन्य केही पक्षसमेत थाहा पाउन सकिएन,’ उनले भने । जिल्लामा कराँते र ब्याडमिन्टन खेल गराउनुपर्ने दबाब आए पनि यसको सम्बन्धित निकायले पूरा नगरेको आरोप उनले लगाएका छन् । ‘प्रतियोगिता सञ्चालन क्रममा स्थानीयस्तरमा व्यवस्थापन गर्न लाग्ने खर्च जुटाउन तयार हुँदाहुँदै आयोजनाबाट किन वञ्चित गराएको हो,’ गुरुङले भने, ‘जिल्लामा ब्याडमिन्टन खेलाउन दुई कोर्टसहितको इन्डोर हल रहेको छ, सोही हलमा खेल सञ्चालन गर्ने तयारीमा लागेका थियौँ ।’ 

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले खेल सञ्चालन गर्न जिल्लालाई किन वञ्चित गराइयो भन्ने प्रश्न राखेका छन् । राखेपले प्रतियोगिताका लागि दमौलीस्थित निर्मल माविमा बास्केटबल कोर्ट निर्माण गरेको थियो । सो मैदानमा खेल सञ्चालन किन नगरिएको उनको प्रतिप्रश्न छ । ‘स्कुलमा उपलब्ध कोर्टहरू पोखरामा भएका कोर्टभन्दा धेरै पक्षले स्तरीय छन्,’ पाण्डेले भने, ‘खेल सञ्चालन गर्न स्थानीयस्तरमा व्यवस्थापन गर्न लाग्ने खर्च पालिकाहरूले सहयोग गर्ने बताएका थिए ।’