मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २ आइतबार ०६:५६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुदको  ट्रफी सुदूरपश्चिममा

Read Time : < 1 मिनेट
२०७९ असोज २ आइतबार ०६:५६:००

पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकासमन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरू दीपक श्रेष्ठ, मीरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

बृहत् राष्ट्रिय खेलकुदका लागि पहिलोपटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई अन्य ५ प्रदेश तथा नेपाली सेना, नेपाल प्रहरी र एपिएफको मुख्यालयमा प्रदर्शनका लागि लगिनेछ, त्यसपछि अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरा पुर्‍याइनेछ ।