मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३१ शुक्रबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराले बदनियत राखेर सुनियोजित रूपमा महाभियोग प्रक्रिया लम्ब्याए  ः सांसद विश्वकर्मा

प्रतिवेदन भोलि संसद् सचिवालयमा बुझाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १७:४३:oo

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनियोजित रूपमा बदनियत राखेर महाभियोगको प्रक्रिया लम्ब्याएकाे बताएका छन्। जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्न नमानेको प्रसंगमा विश्वकर्माले यस्तो बताएका हुन्।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुरुमा अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएका जबराले अहिले हस्ताक्षर गर्न नमानेपछि सबै पढेर सुनाउनुपरेको बताए। जबराले कसैको उक्साहटमा हस्ताक्षर गर्न नमानेको हुन सक्ने उनको आशंका छ।

‘प्रायः अभियुक्तहरूले बयान लिने क्रममा अभियोजनकर्तालाई अप्ठ्याराे पार्ने नै हो। कुनै कुनै आरोपितले प्रहरीमा एउटा बयान गर्छ, अदालतमा अर्को बयान गर्छ, अदालतको बयान फेरि माथि गएपछि जिल्ला अदालतमा गरेको होइन भन्छन्। त्यसैगरी उहाँ यसको पोख्त व्यक्ति भएको हुनाले उहाँ त्यसैगरी प्रस्तुत हुनुभयो,’ उनले भने।

सांसद विश्वकर्माले प्रतिवेदन लेखनको कार्य सकिएको जानकारी दिँदै भोलि नै सभामुखमार्फत संसद् सचिवालयमा प्रतिवेदन दर्ता गर्ने बताए। उनले भने, ‘सकभर आजै नभए भोलि बिहान अर्को बैठक बसेर निष्कर्ष, निर्णय र सुझाव खण्ड समावेश गरी प्रतिवेदनलाई पूर्णता दिँदै संसद् सचिवालयमा सभामुखमार्फत दर्ता गर्छौँ।’