१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब आउने सांसदले जनताको हितलाई ध्यानमा राखेर काम गरून् : सांसद संग्रौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरूले जनताको पीर, मर्का र राष्ट्रको बृहत् हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरिन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएकी हुन्। संसद्को कार्यकालमा आफूहरूले उठाएका कुरा कार्यान्वयन भए–नभएको जनताले मूल्यांकन गर्ने उनको भनाइ छ।

‘हामीले उठाएका कुरा कति कार्यान्वयन भए, कति भएनन्, जनताले मूल्यांकन गर्लान्। हामीमध्ये कति साथीहरूले टिकट पाउनुहोला, कतिले जितौँला, कतिले हारौँला। यो सदनमा फेरि फर्केर आउन सफल हुने सबै साथीहरू अवश्य पनि जनताको पीर, मर्का, राष्ट्रको बृहत् हितलाई ध्यानमा राखेर काम गर्न सक्नु नै पर्छ भन्ने मेरो मान्यता छ। शुभकामना पनि छ,’ उनले भनिन्।