१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o९:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतीय माछाको अवैध आयात रोक्न नाकामा अनुगमन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

भारतीय माछाको अवैध आयात रोक्न नाकामा अनुगमन गरिने भएकाे छ ।  माछाको प्रमुख बजार काठमाडौंमा अवैध रूपमा भित्रिएका भारतीय माछा रोक्ने उद्देश्यले १ असोजदेखि सिमानामा अनुगमन बढाइने भएको हाे । नेपालमा उत्पादन भएका माछा बिक्री गर्न कठिन भएपछि चितवनको आँपटारी, मकवापुरको रातमाटे र सिन्धुलीको कुनै एक ठाउँमा पोस्ट बनाएर अनुगमन गरिने भएको छ। 

भन्सार छली भारतीय माछा सहज रूपमा नेपाल भित्रिँदा नेपाली माछाले बजार पाउन छाडेको भन्दै नेपाल मत्स्य व्यवसायी संघले गुनासो लिएर बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका थिए । 

मुख्यमन्त्री पाण्डेले भारतीय माछा प्रवेशमा रोक लगाउने अधिकार आफूलाई नभए पनि किसानकै सहकार्यमा भन्सार तिरेर र क्वारेन्टिन गरेर आए–नआएको चेक गर्ने व्यवस्था मिलाउने भनेपछि अवैध आयात रोकिनेमा किसानहरू विश्वस्त छन् । 

बागमती प्रदेशको तीन स्थानको चेकपोस्टमा प्रहरी, सशस्त्र प्रहरी, क्वारेन्टिन अफिसरसहित मत्स्य व्यवसायी संघका प्रतिनिधिमार्फत माछाको भन्सारसँगै क्वारेन्टिनबारे चेकजाँच हुनेछ । 

भन्सारको तथ्यांकले भारतीय माछाको आयात कम देखाए पनि भन्सार छलेर, भारतीय विषाक्त माछा दैनिक रूपमा नेपाल भित्रिने गरेको पाइन्छ । नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने, ‘भारतीय माछालाई चोरीको बाटोबाट ल्याएर नेपाली माछा भन्दै ल्याएको पनि देखिन्छ । यो कुरालाई मात्र नियन्त्रण गर्न सकियो भने पनि माछा भन्सार भएर आउँदा राज्यलाई फाइदा हुन्छ । भारतीय माछा आयतमा कडाइ गर्दा यसले आयातमा पनि असर गर्छ र नेपाली माछाले बजार पाउँछ ।’ उनका अनुसार भारतबाट दैनिक ५० टन माछा अवैध रूपमा नेपाल भित्रिन्छन् ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार माछामा आत्मनिर्भर जिल्ला चितवनमा वार्षिक ६ हजार पाँच सय मेट्रिक टन माछा उत्पादन हुने गर्छ। साउनयता मात्रै वार्षिक उत्पादनको झन्डै ३५ प्रतिशत माछा तयारी अवस्थामा छ। बर्सेनि भदौ महिनामा दैनिक आठदेखि १० टनसम्म माछा चितवनबाट बिक्रीका लागि बाहिरी जिल्ला पुग्छन् । 

तर, सहज रूपमा भन्सार छलेर भारतीय माछा नेपाल आाउन थालेपछि स्वदेशी कृषकलाई मार परेको अध्यक्ष सुवेदी बताउँछन्। चितवनमा उत्पादित माछाको बजारको आधा हिस्सा काठमाडौं, पोखरा, गोरखा र तनहुँ पुग्ने गरेको छ। माछा बिक्री नभएपछि नेपाली किसान लागतभन्दा कममा पनि माछा बेच्न बाध्य छन् ।विगतमा यसैगरी नेपालमा अवैध रूपमा आएका माछा रोकिए पनि पुन: भारतीय दूतावासबाट फोन आएपछि छोडिएका उदाहरण पनि छन् ।

मत्स्यपालन गर्ने किसानले नेपालमा उत्पादित माछा विनारोकतोक देशका जुनसुकै स्थानमा ढुवानी गरी बिक्री–वितरण गर्न पाउनुपर्ने, भारतीय विषाक्त माछा भित्र्याउने नीति खारेज हुनुपर्ने, माछा व्यवसायलाई उद्योगबाट हटाएर कृषिमा दर्ता गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।