१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई समितिमा बोलाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३३:oo

महाभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधानन्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको हो। 

समितिको बैठकपछि बोल्दै महाभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले समितिले अहिले क–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको बताए। उनले बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्वप्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने बताए। 

‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टीकरणका लागि बोलाउने भएको छ। बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी संकलन गर्दै छौँ। ती व्यक्तिहरूलाई बोलाउने समितिले निर्णय गरेको छ,’ उनले भने, ‘बार पदाधिकारी, अधिवक्तालगायत केही व्यक्तिहरूलाई बोलाउने भन्ने कुरा भएको छ। भोलि विभिन्न समय दिएर, अधिवक्ताहरूको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ। पूर्वप्रधानन्यायाधीशहरूलाई अर्को समय छ।’
 

ad
ad