१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्रमा एआइजीको दरबन्दी थपियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५२:oo

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । 

हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको छ । जसमा एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम भएको छ ।

थपिएको नयाँ दरबन्दीमा सिनियर डिआइजी वंशी दाहालको बढुवा हुने सम्भावना रहेको स्रोत बताउँछ । उनी हालका प्रहरी महानिरीक्षक राजु अर्यालकै ब्याचका हुन् । एआइजीको दरबन्दी थपिएसँगै सशस्त्रको कुल दरबन्दी ३७ हजार ५५ पुगेको छ । 

सशस्त्र प्रहरी बलमा सरकारले कहिले एआइजीको दरबन्दी कटौती गर्ने त कहिले थप गर्ने निर्णय गर्दै आएको छ । पाँच वर्षअघि शेरबहादुर देउवा नेतृत्वकै सरकारले पाँच दरबन्दी थपेर बढुवा गरेको थियो । पछि केपी ओली नेतृत्वको सरकार गठन भएपछि उनीहरूलाई राजीनामा दिन लगाई पाँच दरबन्दी कटौती गरी दुई मात्र राख्ने निर्णय भएको थियो । उता सरकारले नेपाल प्रहरीका एआइजी सहकुलबहादुर थापाको प्रहरी एकेडेमीमा सरुवा गरेको छ । 

ad
ad