१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सो दिएन भनेर मेरो बदनाम गर्न खोजियो : भुवन केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई सो नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई सो दिएन भनेर नकारात्मक हल्ला फैलाई आफ्नो बदनाम गर्ने कोसिस भएको बताए। ‘बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन सो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ। अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन,’ उनले भने।

अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे। उनले भने, ‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन। संसारभरका सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ। तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरूले खेलेका सिनेमालाई हुनुपर्छ।’

उनले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको औँल्याए।