मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सांकेतिक तस्बिर
२०७९ भदौ २७ सोमबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ वर्षदेखि टहरामा कक्षा

Read Time : < 1 मिनेट
२०७९ भदौ २७ सोमबार १९:३६:००

दोलखाको जिरीलगायत आसपासको केही क्षेत्रलाई मध्यनजर गरी विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका कारण पूर्ण रूपमा क्षति भयो। विद्यालयका भौतिक संरचना पुनः प्रयोग गर्न नमिल्ने गरी भूकम्पले क्षति गरेपछि हालसम्म विद्यालयको भौतिक संरचना निर्माण हुन नसक्दा विगत आठ वर्षदेखि जस्ताको अस्थायी सिकाइ केन्द्रमा कक्षा सञ्चालन हुँदै आएको छ। 

बाल कक्षादेखि उच्च शिक्षासम्म अध्यापन हुँदै आएको जिरी माध्यमिक विद्यालयको कुनै पनि पक्की भवन नभएपछि सबै कक्षा जस्ताको अस्थायी टहरामा सञ्चालन हुँदै आएको छ। नगरपालिकाभित्रका अन्य सबै विद्यालयमा पक्की भवन निर्माणको काम सम्पन्न भइसकेको भएपछि जिरी माध्यमिक विद्यालयको भवन निर्माणको काम सुरुवात हुन सकेको छैन। जिरी माध्यमिक विद्यालय भूकम्पपछि चीन सरकारले पूर्ण अनुदानमा निर्माण गरी दिने सहमति भएको थियो।

चीनको विद्यालयको लागि आवश्यक सबै भौतिक संरचना निर्माण गर्ने सहमति भएको भए तापनि हालसम्म विद्यालय पुनर्निर्माणका लागि कोही पनि विद्यालयमा नआएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले बताए। भूकम्प गएको केही महिनापछि विद्यालय निर्माणको लागि चीन सरकारसँग पुनर्निर्माण प्राधिकरण शिक्षा समन्वय एकाइमार्फत विद्यालयको सम्झौता भएपछि स्थलगत अवलोकणको लागि प्राविधिक विद्यालयमा आएको र भत्किएको सबै संरचना हटाएर ठाउँ तयार गर्न लगाएपछि हालसम्म विद्यालय निर्माणको लागि उक्त टोली नफर्किएको प्रधानाध्यापक जिरेलले बताए।

जिरी माविको लागि आवश्यक पर्ने कक्षाकोठा तथा पुस्तकालय, प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, खेल मैदान, चमेना गृहसहित करिब एक अर्बको लगानीमा सन २०१५ देखि पुनर्निर्माणको काम सुरु गर्ने गरी सम्झौता भएको थियो। तत्काल नै काम सुरु गर्ने भएपछि विद्यालयले आवश्यक २८ वर्ग मिटर जमिन खाली गरी राखेको छ। तत्काल काम सुरु गर्ने सहमति भए पनि कोरोना महामारीकाे कारण देखाउँदै चीन सरकारले तत्काल काम अघि नबढाएको प्रधानाध्यापक जिरेलले बताए।