Skip This
नेविसंघको त्रिविका ‘विवादास्पद’ सबै समिति विघटन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २७ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघको त्रिविका ‘विवादास्पद’ सबै समिति विघटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १४:o६:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)को कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका सबै समितिहरू विघटन गरिएको छ। त्रिभुवन विश्वविद्यालयमा विवादास्पद सक्रिय रहेका सबै समिति विघटन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

यससँगै क्याम्पस अधिवेशनको प्रक्रिया अघि बढाइने शेर्पाले विज्ञप्तिमार्फत बताएका छन्। ‘विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सक्रिय सम्पूर्ण समितिहरू विघटन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु। नेपाल विद्यार्थी संघलाई वैधानिक ढंगले मूर्तरूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाई क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।