Skip This
राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटीअगाडि धर्ना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटीअगाडि धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनाको माग गर्दै धर्ना दिएको छ। शनिबार नारायणहिटी दरबारअगाडि राजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो। 

उनीहरूले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावादलगायतका नारासहित विरोध जनाएका थिए। उनीहरूले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए। 

उनीहरूले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिए। उनीहरूले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताए। धर्ना दिँदै उनीहरूले श्रीपेच ज्ञानेन्द्र शाहलाई नलगाए सार्वभौमिकता र धर्म सकिने बताए। उनीहरूले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति जनाए।