मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ २५ शनिबार ०८:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले दर्जनौं घर बगे, एकैघरका चारसहित ६ जना बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ भदौ २५ शनिबार ०८:२२:००

दार्चुलामा बाढि र पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ । गएरातिदेखि महाकाली नदी र लास्कु खोलामा आएको बाढिले दर्जनाैं घर बगाएको हो । डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ । 

नौगाडमा आएको बाढि र पहिरोले आधादर्जन बढि घरहरुमा क्षति पुगेको स्थानीय प्रेमसिह ठगुन्नाले जानकारी दिए । पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ ।  नौगाड गाउँपालिका १ का जानकी ठगु्न्नाको मृत्यु भएको छ भने वडा नम्बर २ मा मोहनराम पार्की वेपत्ता भएका छन् ।  खलंगास्थित दशरथनगर आधारभूत विद्यालय  बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।

दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ ।  बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा सेना प्रहरी, सशस्त्र र स्थानीयले उद्धार गरिरहेका छन् ।