१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिलोपटक मुगु अस्पतालमा पाठेघरको जटिल शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३८:oo

जिल्ला अस्पताल मुगुमा पहिलोपटक पाठेघरको जटिल खाले शल्यक्रिया गरिएको छ। शुक्रबार सोरु गाउँपालिका– ६ की ७० वर्षीया मोती रोकायाको जिल्ला अस्पतालमै जटिल खाले शल्यक्रिया सफल रूपमा गरिएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जनाए।

एमडिजिपी डाक्टर शुरेन्द्र शाक्यको नेतृत्वमा डाक्टर अर्जुन भाम, स्टापनर्स सुनीता शाही र सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया सफल बनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले भदौ १ गते विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा पठाएपछि जिल्लाका सामान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुने गरेका छन्।

विगतका दिनहरूमा सामान्यदेखि जटिल खाले शल्यक्रिया गर्नुपर्ने बिरामी सुर्खेत नेपालगन्ज जानुपर्ने बाध्यता रहेको थियो । उपचारमा जाँदा आउने जाने भाडा, बस्न खान र अस्पतालमा शल्यक्रिया हुँदासम्म लाखौँ खर्च लाग्ने गर्थ्याे।  अस्पतालमा विशेषज्ञ डाक्टर आएदेखि सामान्य खाले र जटिल खालका बिरामीलाई बाहिरी जिल्ला रिफर गरिएको छैन।

ad
ad