१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कैलाली ४ मा एमालेबाट लेखराज भट्ट सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o८:oo

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नेकपा एमालेले पार्टी सचिव लेखराज भट्टको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट उम्मेदवारका लागि यो क्षेत्रबाट सचिव भट्टको नाम मात्रै सिफारिस गरिएको एमालेको क्षेत्रीय कमिटीले जनाएको छ । नेकपा विभाजनसँगै माओवादी छोडेर एमाले रोजेका भट्ट एमाले बनेपछि पहिलोपटक चुनाव लड्ने तयारीमा छन् ।

यो क्षेत्रबाट भट्ट ०६४ र ०७४ को निर्वाचनमा माओवादीबाट विजयी भएका थिए । ०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । भट्ट एमाले प्रवेश गरेपछि पहिलोपटक चुनाव लड्ने तयारी भएपछि यो क्षेत्रमा धेरैको चासो छ । यद्यपि, क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरे पनि उम्मेदवारको टुंगो भने माथिल्लो कमिटीले लगाउनेछ ।

त्यस्तै, क्षेत्र नम्बर ५ बाट एमालेले नारदमुनि रानालाई दोहोर्‍याउने भएको छ । ०७४ को निर्वाचनमा एमाले–माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए । यो क्षेत्रबाट यसपालि पनि एमालेबाट राना उम्मेदवार बन्ने निश्चितजस्तै छ । क्षेत्रीय कमिटीहरूले आकांक्षीहरूका नाम सिफारिस गरिरहेको एमाले सचिव डेजी पाण्डेयले जानकारी दिए ।

कैलाली क्षेत्र नम्बर ५ मा यसपटक पनि आरजु र नारदमुनिबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवारका लागि आरजुको नाम मात्र सिफारिस गरेको छ । गठबन्धनबाट आरजु उम्मेदवार बन्ने कांग्रेस नेताहरूले बताएका छन् । एमाले प्रदेश कमिटीका अनुसार अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेता भीम रावलको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीले यो क्षेत्रबाट रावलको नाम मात्र उम्मेदवारका लागि सिफारिस गरेको हो। 
 

ad
ad